तपाईँ सुन्दै हुनुहुन्छः

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् फागुन २१ र २२ गते 

काठमाडौँ ।  नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् यही फागुन २१ र २२ गते हुने भएको छ । 

भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तथा प्रचारप्रसार विभागका संयोजक राधिका कुइँकेल खनालले जानकारी दिनुभयो । परिषद्को बन्द सत्रमा देशभरिका चा सयभन्दा बढी पार्षदहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।

परिषद्ले सङ्गठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आईएलओ महासन्धिहरूको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टीलगायतका विषयहरूमा बृहत् छलफल गरी सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने उहाँले बताउनुभयो।

परिषद् सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढिरहेकोले तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button