तपाईँ सुन्दै हुनुहुन्छः

गल्याङमा पिकअप भ्यान दुर्घटना हुँदा पाल्पाका युवकको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङमा पिक अप भ्यान दुर्घटना हुँदा पाल्पाका एक युवकको मृत्यु भएको छ । 

गल्याङ नगरपालिका वडा नम्बर–११ खरिपानी स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु. ३ च. ३३२४ नम्बरको पिक अप भ्यान सडक देखि अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका ३ का चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त भ्यानमा ४ जना सवार रहेकोमा दुई जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक हरिप्रसाद पौडेलका अनुसार घाइते भई उपचारको क्रममा रहेका अर्याललाई गल्याङ अस्पतालले राति २ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो । भ्यानका सहचालक राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button