तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई जनमुखी बनाउन आवश्यक छ : माओवादी उपाध्यक्ष श्रेष्ठ 

चितवन ।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई अझ बढी जनमुखी बनाउँदै समाजवादको आधार तयारतर्फ लैजाने अभियानमा कुनै कमजोरी हुन नदिइने बताउनुभयो ।

आफ्नो पार्टीले राज्य सञ्चालनका क्रममा सुशासन अभियान सञ्चालन गरेको भन्दै उहाँले त्यो अभियान जस्तै पार्टीको रूपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “ अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीको रूपान्तरण र पुनर्गठन अभियान सुरु गरेका छौँ । पार्टीलाई एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी पार्टी बनाउने तयारीमा लागिएको छ । यसमा हामी अझै बढी प्रभावकारी ढङ्गले अघि बढ्छौँ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button