तपाईँ सुन्दै हुनुहुन्छः

इन्टरनेशल वुमेन्स च्याम्पियनसिपको फाइनल बुधबार

काठमाडौँ । बुधबार काठमाडौँमा जारी इन्टरनेशल वुमेन्स च्याम्पियनसिपको फाइनल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल बेलुका ६ बजेबाट सुरु हुनेछ । उपाधिको लागि नेपाल र म्यानमारबिच प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेपाल र म्यानमारबिच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २– २ को बराबरीमा रोकिएको थियो ।

चार देश सम्मिलित प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, लेबनान, किर्गिस्तान र म्यानमारले सहभागिता जनाएका हुन् ।

घरेलु टोली नेपाल र म्यानमारले भने अपराजित यात्रा कायम गरेर फाइनलसम्मको यात्रा तय गरेका हुन् । यो प्रतियोगितामा किर्गिस्तानले एक खेल पनि नजित्दा लेबनानले किर्गिस्तानलाई हराएर सान्त्वना जित हासिल गर्‍यो ।

फाइनल खेलअघि मङ्गलवार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फाइनलको लागि तयारी राम्रो भएको बताइन् । फिफा वरियतामा म्यानमार ५५औँ स्थानमा रहेको छ । नेपाल १०३औँ स्थानमा रहेको छ । 

म्यानमारले पहिलो खेलमा नै किर्गिस्तान माथि ३–१ को जित हासिल गरेको थियो भने लेबनानसँग ५–० को शानदार जित हासिल गर्‍यो ।

नेपाललाई यसअघि खेलमा तीनपटक हराइसकेको म्यानमार भने दोस्रो पटक बराबरीमा रोकिन पुग्यो । यो प्रतियोगिता भन्दा अघि नेपाल र म्यानमारको चार पटक भेट भइसकेको छ जसमा तीन खेलमा म्यानमार विजयी हुँदा एक खेल बराबरीमा टुङ्गिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button