तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप च्याम्पियनसिप फुटबल : मच्छिन्द्र एफसी सेमिफाइनल प्रवेश

काठमाडौँ । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

मच्छिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । मच्छिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा एपिएफलाई पराजित गर्दै सङ्कटा क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । ट्राई ब्रेकरमा एपीएफलाई ५–३ गोलले पराजित गर्दै सङ्कटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button