तपाईँ सुन्दै हुनुहुन्छः

जीविकोपार्जनका गर्न महाकाली नदिमा गिट्टी बालुवा छान्दै

कञ्चनपुर । कञ्चनपुरका विपन्न परिवारले जीविकोपार्जनका गर्न महाकाली नदिमा गिट्टी बालुवा छान्ने गरेका छन् ।

जिल्ला का विभिन्न स्थानबाट आर्थिक जोहो गर्न दर्जनौँ विपना परिवारका सदस्यहरुले महाकाली नदिको बगरमा टहरा बनाएर गिट्टी बालुवा छान्ने काम गरिरहेका छन् । 

उनीहरूले दैनिक दुई दिनमा १ गाडी  बालुवा र १ गाडी गिट्टी जम्मा गर्ने गरेको बताए । प्रति गाडी बालुवा १५०० र गिट्टी रु २००० मा बिक्री गर्ने गरेको बताए ।

रोजगारी को विकल्प का रुपमा आफूहरूले महाकाली नदिमा गिट्टी र बालुवा छान्ने गरेको र जसबाट बालबालिका को विद्यालय पढाउन ,घर खर्च चलाउन र अन्य आवश्यक पुरा गर्न सहज भएको हरिकला थापाले बताउनु भएको छ।

उहाँले टाढाबाट आउनेहरूले नदी बगरमा छाप्रो बनाएर बस्ने गरेको र वर्षायाम सुरु भए पछि मात्रै छोडेर घर फर्कने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button