रोल्पामा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या
रोल्पा । रोल्पाको त्रिवेणि गाउँपालिका वडा न-६थुम्का बस्ने ४० वर्षीय खिम बहादुर बुढामगरले आफ्नै श्रीमतीलाई आज बिहान धारिलो हतियार खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार बिहान बुढामगरले धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी आफ्नै श्रीमतीलाई शक्त घाइते बनाएको भनि टेलिफोन मार्फत प्रहरी चौकी जुगारमा स्थानीयले जानकारी गराउनुभएको थियो
जानकारी पाए लगत्तै चौकीबाट प्रनानि दिवश हिताङको कमाण्डमा ४ जना र इप्रका होलेरी बाट प्रनि सरोज प्रजापतिको कमाण्डमा ६ जनाको टोली खटिई घटनास्थलमा पुगी बुझ्दा ३२ वर्षीय अस्मिता बुढामगरको खुकुरी प्रहार बाट घटनास्थलमै मृत्यु हुन गएको प्रहरीले बताएको छ ।
मृतक अस्मिताको श्रीमान् खिम बहादुर बुढामगर र खुकुरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने हत्या गर्नुको कारण सम्बन्धमा प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्