कोटिहोम रद्द गर्न माग गर्दै पोखरा महानगर भ्याकेटमा

कास्की । उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै पोखरा महानगर पालिकाले भ्याकेट निवेदन दर्ता गराएको छ ।
पोखराको लेकसाईडमा गर्न थालिएको कोटिहोम महायज्ञ पोखरा महानगर पालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिँदै महायज्ञ नरोक्न भनेको थियो । फागुन १ गते सो आदेश आएको हो ।
त्यो आदेश बेरितको भन्दै पोखरा महानगर पालिकाले आज सो आदेश रद्द गर्न निवेदन दिएको छ । ६ पेज लामो निवेदनमा लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले सो स्थानमा महायज्ञ गर्न स्वीकृति नदिनुका कारण उल्लेख गरिएको छ ।
निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिन भित्रै तालको सिमाङ्कन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने जिकिर गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्