गुल्मीमा १८ वटा एम्बुलेन्स प्रयोग विहीन
गुल्मी । गुल्मी जिल्लामा बिरामी बोक्ने १८ वटा एम्बुलेन्स प्रयोग विहीन भएका छन् । जिल्लामा रहेका कुल ५६ वटा एम्बुलेन्सहरू मध्ये ३८ वटा एम्बुलेन्सहरू मात्र सञ्चलनमा रहेको छन् ।

गुल्मी जिल्लामा विभिन्न संघ संस्थाहरूबाट सञ्चालनमा रहेका एम्बुलेन्सहरू आर्थिक अभावका कारण मर्मत गर्न नसकी यसै प्रयोग विहीन बन्नेको सङ्ख्या बढ्दै गएको छ । एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको र दिगो रुपमा सञ्चालन गर्नका लागि कसैको ध्यान नपुग्ने गरेकाले प्रयोग विहीन बन्नेको सङ्ख्या बढ्दै गएको छ । अर्को एम्बुलेन्स खरिद र बिक्री सम्बन्धी उचित नीति नहुँदा गुल्मीमा धेरै एम्बुलेन्स प्रयोगविहीन बनेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।

विभिन्न संघ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । गुल्मी जिल्लामा पुराना एम्बुलेन्स बिक्रीसम्बन्धी उचित नीति नहुँदा धेरै संघ संस्थाका एम्बुलेन्सहरू यत्तिकै थन्किएका छन् । जिल्लका विभिन्न संस्थाहरूमा रहेका पुराना एम्बुलेन्सको अहिलेसम्म कुनै पनि मर्मत र व्यवस्थापन भएको छैन ।
जसले गर्दा पुराना एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाहरूले एम्बुलेन्स खरिद गरेर नयाँ छन् जेल चलाउने र पुराना बन्दै गएपछि मर्मत गर्ने खर्चको अभावमा प्रयोगविहीन अवस्थामा रहेका छन् । पहाडी क्षेत्रमा भौगोलिक कठिनाइ र जिल्ला दररेटले गर्दा पनि एम्बुलेन्स सञ्चालनका लागि समस्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका अधिकृत पशुपति आचार्यले बताउनुभयो ।

जिल्लामा एम्बुलेन्स ल्याउने होड बाजी हुने तर पुरानो हुँदै गएपछि बिग्रिने मर्मत गर्न समस्या हुन गर्नाले ठूलो चुनौती बन्दै गएको छ । अहिले एम्बुलेन्स सञ्चालनको लागि नयाँ मापदण्ड पनि लागु भएको छ । जिल्ला रहेका पुराना एम्बुलेन्सहरू ग र घ श्रेणीका रहेका छन् । अहिले नयाँ ल्याउने क र ख श्रेणीका एम्बुलेन्स आएका छन् ।
त्यसले पनि पुराना एम्बुलेन्सहरू विस्थापित हुँदै गएका छन् । पुराना एम्बुलेन्सहरू श्रेणी स्तर वृद्धि गर्न पनि समस्या रहेको छ । एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया र उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ ।
प्रतिक्रिया राख्नुहोस्