तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर झापा गोल्ड कप : बङ्गलादेशको काउवार्न बाजार सेमिफाइनलमा

झापा । पाहुना टोली बङ्गलादेशको काउवार्न बाजार प्रगति संघ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा न्यू रोड टिम काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेशी टिमले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका एस सिलाह भए । उनले नगद २१ हजारसहित ट्रफि पाए ।

भोलिको अन्तिम क्वार्टर फाइनल खेल विभागीय टोली सशस्त्र प्रहरी बल फुटबल क्लब र पाहुना टोली भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच हुने आयोजक भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button