तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी प्रशासनमा नागरिकता प्रतिलिपि बनाउनेको सङ्ख्या वृद्धि

गुल्मी । गुल्मीमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या वृद्धि भएको छ । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक गरेको साप्ताहिक सम्पादित कार्य विवरणमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट एक हप्ताको अवधिमा नयाँ नागरिकता ८९ जनाले बनाउँदा प्रतिलिपि बनाउने १७९ जना रहेका छन् । नयाँ नागरिकता भन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । यो समयमा गैर आवासीय नागरिकता भन्ने बनेको छैन । 

प्रशासन कार्यालयबाट नाबालक परिचय पत्र १८ जनाले बनाएका छन् । राहदानी आवेदन सङ्कलन २०९ जनाले गराएका छन् । राहदानी वितरण १२५ जनालाई गरिएको छ । 

राष्ट्रिय परिचय पत्र आवेदन सङ्कलन ६०५ जनाले गरेका छन् । प्रशासनले ४६२ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको कार्य सम्पादनमा उल्लेख गरेको छ । 

दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित १३२ जनाको गरेको छ । संस्था नवीकरण ३ जनाको गरेको उल्लेख गरिएको छ । 

प्रशासन कार्यालयमा राहदानी बनाउँदा राजश्व सङ्कलन एक हप्ताको अवधिमा १० लाख ९० हजार सङ्कलन भएको छ । संस्था दर्ता तथा नवीकरण गर्दा ३ हजार ७ सय ५० रुपियाँ सङ्कलन भएको प्रशासनले जनाएको छ । 

गाउँमा पहिले टोली गएको समयमा बनेका नागरिकतामा नाम थरमा त्रुटि देखिएको, पहिला नागरिकता बनाउँदा अङ्ग्रेजीमा नहुने हुँदा, विवाह गरेपछि पत्तिको नाम थर कायम गर्दा, र नागरिकताको महत्व नबुझ्दा, जति पटक लिँदा पनि सजिलै पाइने हुँदा नागरिकले नागरिकताको जतन गर्न छाडेको कारणले प्रशासनमा प्रतिलिपि बनाउनेको सङ्ख्या वृद्धि भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । 

नागरिकले पछिल्लो समय आफ्नो नागरिकताको ख्याल नगर्दा प्रशासनमा प्राय प्रतिलिपि बनाउनेको सङ्ख्या वृद्धि भएको छ । नागरिकले आफ्नो नागरिकता समेत ख्याल नगर्दा गैर जिम्मेवार समेत बन्न थालेका छन् । प्राय नागरिकले नागरिकता हराएका कारण प्रतिलिपि लिने बढ्दै गएका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button