रिडीमा भुसुना आतङ्क, स्थानीयलाई हिँडडुल गर्नै मुश्किल
गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रिडीमा करिब सातादेखि भुसुनाको आतङ्क फैलिएको छ ।

भुसुनाको कारण बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भइरहेको स्थानीयले बताएका छन् । रिडी बजार क्षेत्र, भित्री सडक तथा बगरमा व्यापक भुसुना फैलिएको छ । बिगत आठ/दश वर्षदेखि छिटफुट भुसुना देखिएपनि अहिले व्यापक रहेको रिडीका युवा व्यवसायी सुन्दर कसजुले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारमा माक्स, हेलमेट र चश्मा बिना खुल्ला तथा मोटरसाइकलमा हिँड्न समस्या भइरहेको छ । बिहान घामको तापसँगै भुसुनाहरू व्यापक रुपमा उड्न थाल्ने कसजुले बताउनुभयो ।
भुसुनाको तत्काल स्वास्थ्यमा प्रभाव देखिएको छैन । रुरु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर श्रृतासन ज्ञवालीले भुसुनाको श्रोत पत्ता लगाएर रोग सार्ने वा नसार्ने विषयमा यकिन गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्