इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु
इलाम । इलामको रोङ गाउँपालिका–३, हासपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७ बजे भएको दुर्घटना बाट मोटरसाइकल चालक सूर्योदय ६ फाँजीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दीर्घ राई र पछाडि सवार उनका बुबा बर्ष अन्दाजी ७० का पवनकुमार राई गम्भीर घाइते भएका थिए ।
घाइतेलाई झापा स्थित बि एण्ड सि अस्पतालमा उपचारको लागि लगिएको थियो । सोही क्रममा करिब ८:३० मा दुवै बुवा छोराको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
झापाबाट घर फर्किरहेको अवस्थामा छोराले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
टिपर चालक इलामकै माइजोगमाई गाउँपालिका २, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामी प्रहरी कार्यालय फिक्कलको नियन्त्रणमा छन् ।
प्रतिक्रिया राख्नुहोस्