तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा घोडा दौड र विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइयो

डोल्पा । डोल्पामा ७५ औ प्रजातन्त्र दिवस घोडा दौड लगायत विविध कार्यक्रम गरि मनाइएको छ । ७५ औ प्रजातन्त्र दिवस फागुन ६,७ र ८ गते भित्र विभिन्न कार्यक्रम गरिएको हो । ६ गते देखि भलिबल , ब्याडमिन्टन,लोक दोहोरी , अन्तर विद्यालय हाजिरी जवाफ , डोरी तानातान , विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । साथै जनप्रतिनिधि र कर्मचारीहरू बिच मैत्रीपूर्ण फुटबल खेल ,भेडा जुधाई ७ गते सम्म गरिएको थियो ।

फागुन ८ गते बिहीबार मात्र घोडा दौड गरि कार्यक्रम सम्पन्न गरिएको छ । घोडा दौडमा प्रथम स्थान आउने ठुलिभेरी ४ तिप्लाका हिर बुढा घोडा चालक र घोडालाई नगद रु ३५ हजार , प्रमाण ,दोस्रो स्थान आउने ठुलिभेरी ४ तिप्लाको घोडा र देवप्रसाद बुढा लाई नगद २५ हजार र प्रमाणपत्र  र तेस्रो स्थान आएका त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ११ का घोडा चालक इरक बुढा घोडाले तेस्रो स्थान ल्याएर नगद १५ हजार , प्रमाणपत्र प्राप्त गरेका छन् ।

६ गते देखि सुरु गरिएको विभिन्न कार्यक्रम ८ गते प्रमाणपत्र पुरस्कार प्रदान गरिएकी डोल्पा समन्वय प्रमुख श्याम बहादुर रोकायाले बताउनु भयो । कार्यक्रम जिल्ला समन्वय डोल्पाको आयोजनामा स्थानीय तह ,विभिन्न सरकारी कार्यालयहरूको सहयोगमा ७५ औ प्रजातन्त्र दिवस बिहीबार सम्पन्न गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button