खोलाको झाडीबाट १२ केजी चरेस बरामद

बीरगंज । प्रहरीले पर्साको भुलवाही खोलाको झाडीमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।
जीराधवानी गाउँपालिका वडा नम्बर ५ स्थित भलुवाही खोलाको झाडीमा लुकाएर राखिएको अवस्थामा करिब १२ केजी चरेस प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा एउटा बोरा भेटिएको र खानतलासी गर्दा उक्त बोराबाट २४ वटा प्याकेटमा रहेको ११ किलो ९५० ग्राम चरेस बरामद भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
बरामद चरेस खोलाको झाडीमा कसले राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्