तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले ल्याएकाे अध्यादेश पारित हुन्छ: एमाले सचिव भट्टराई 

सुर्खेत । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले ल्याएकाे अध्यादेश राष्ट्रिय सभाबाट पारित हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै एमाले नेता भट्टराईले देशको पक्षमा आएको अध्यादेश पारित गर्न राष्ट्रिय सभा सदस्यहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अध्यादेश पास गराउनका लागि नेकपा समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग अन्तिम छलफल समेत भइरहेको जानकारी दिनुभयो । नेकपा एमाले र नेपाली काँग्रेस वीच विशिष्ट परिस्थितिमा कारण सत्ता साझेदारी गर्नु परेको बताउँदै उहाँले जनताका अपेक्षा र देशको आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याउनु परेको जनाउनुभयो । 

सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकका विषयमा सबै दलबीच राष्ट्रिय सहमति जुटेको बताउँदै उहाँले समाजमा जुन खालको भ्रम छ, त्यो अनुसारको व्यवस्था विधेयकमा छैन । आजको सरकारले आफ्नो मत राख्ने कुनै पनि स्वतन्त्रता खाँदैन, यो विधेयक जस्ताको तस्तै पास हुने दाबी गर्नु भयो । सरकारले विवेक प्रयोग गरेर नै अध्यादेश ल्याउने भएकाले नचाहिँदो कानुन संसदले बनाउन नसक्ने उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न होइन, नियमन गर्न अध्यादेश ल्याइएको स्पष्ट पार्नु भयो । भारत, चीन, अमेरिका जस्ता देशमा सामाजिक सञ्जाल दर्ता हुने तर, नेपालमा दर्ता नहुने भन्ने कुरा हुन नसक्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button