तपाईँ सुन्दै हुनुहुन्छः

केआईआइटीमा अध्ययनरत एक सय २६ विद्यार्थी फर्किए

वीरगञ्ज (पर्सा) । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् । 

केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । 

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिनुभयो ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button