अवरुद्ध साँफे-मार्तडी सडक खण्ड खुल्यो
बाजुरा । बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले बन्द गरेको सांफे मार्तडी सडक सोमबार २ः३० बजेबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीको सक्रियतामा पीडित पक्षलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको हो । पीडित पक्षलाई पटक–पटक आग्रह गरी सुझाएपछि पीडक पक्षसँग समेत वार्ता गर्ने गरी सहमति पश्चात् सडक सुचारु भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आइतबार बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोटका अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु पछि सडक अवरुद्ध गरिएको थियो । मृतक बालककी गम्भीर घाइते गर्भवती आमा बिस्ना पाध्यायको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत रेफर गरेर उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्