तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालयले अनुसन्धान, आविष्कार र एआईमा विशेष जोड दिनुपर्ने : मुख्यमन्त्री पाण्डे

पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, ए आई , आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरुगरी अगाडी बढ्न सुझाव दिनु भएको छ ।

गण्डकी विश्वविद्यालयले स्थापनाको पाँचो वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो ।

वहाँले विश्वविद्यालयलाई प्रदेश सरकारका तर्फबाट पूर्ण साथ रहेको बताउँदै ‘हामी उत्पादकत्व वृद्धि गर्न चाहन्छौँ, त्यसमा यो विश्वविद्यालयले नेपाललाई चाहिने दक्ष जनशक्ति विदेशबाट आउने र यहाँका अदक्ष जनशक्ति रोजगारीका लागि विदेशिने क्रम बढेकै कारण शिक्षा क्षेत्र क्रमशः कमजोर हँुदै गएको टिप्पणी गर्दै अब देशलाई चाहिने दक्ष जनशक्ति यही उत्पादन गरी प्रविधिसँगै जनशक्ति उत्पादन गरी प्रदेशले देखेको सपना पुरा हुने विश्वास गर्नुभयो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले विश्वविद्यालयले विशेष आधार स्तम्भ शैक्षिक, अनुसन्धान र नवप्रवर्तनका गतिविधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेर ‘बदलिँदो विश्व परिवेश, र आफ्नै प्रविधिको प्रयोग गरी नयाँ समयले ल्याएका नयाँ चुनौतीलाई चिनेर चुनौतीभित्रका नयाँ सम्भावनालाई खोजी गर्नु पर्ने वहाको जोड रहेको थियो ।

गण्डकी प्रदेशका सामाजिक खेलकुद तथा शिक्षामन्त्री विन्दुकुमार थापाले नयाँ सोचका साथ र उत्कृष्ट बन्ने लक्ष्यका साथ ज्ञानमा आधारित समाजको निर्माण र आर्टिफिसियल इन्टलिजेन्ट (ए आई) मुलुकले खोजी रहेको प्रविधिलाई विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

सह–कुलपति प्राडा नवराज देवकोटाले गण्डकी प्रदेशमा सरकारी स्तरबाट शिक्षण अस्पताल नभएको हुँदा गण्डकी विश्वविद्यालयमार्फत त्यस्तो अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नेपालमै उत्पादित जडिवुडिको खोज, उत्पादन र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी विद्यार्थीलाई अध्यापन गराउन विश्वविद्यालय लागिपरेको बताए । त्यसका लागि आफूहरूले कुनै पनि कसर बाँकी नराख्ने बहाले बताउनु भयो ।

रजिस्ट्रार डा.कैलाश तिमिल्सिनाले हाल विभिन्न सङ्कायमा सात सय ५३ जना छात्र छात्राले अध्ययन गरी रहेको बताउँदै विश्वविद्यालयले नवप्रवर्तनमा जोड दिँदै पढ्दै कमाउँदै पढाइको शुरुवात गरी विश्वविद्यालय अघि बढेको जानकारी दिनु भयो ।

गण्डकी विश्वविद्यालयका सह–कुलपति नवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक परिषद्का डा. दिनेशचन्द्र देवकोटा प्राडा कैलाशनाथ प्याकुरेल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी र पोखरा महानगरपालिका वडा नंं ३२, का वडा अध्यक्ष अक्कलबहादुर कार्की र विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदी लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button