तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड

काठमाडौँ I सार्वजनिक सेवा प्रसारण नेपालले उत्पादन तथा प्रसारण गर्ने सामग्रीमा सार्वजनिक सरोकार र नागरिक आवाजलाई धेरै भन्दा समेटिनु पर्नेमा जोड दिइएको छ ।

विश्व रेडियो दिवसको अवसर पारेर रेडियो नेपालले आयोजना गरेको तालिममा ३ दिने समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण तालिमको समापन कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सम्पूर्ण सहभागीहरूलाई आग्रह गर्नुभयो ।

कार्यकारी अध्यक्ष बिष्टले परिवर्तित संरचनामा नयाँ ढङ्गबाट अगाडि बढ्दा पिएसबीका प्रसार सामग्रीहरूमा थप समावेशिता प्रतिबिम्बित हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ मन्त्रालयका सहसचिव पार्वती शर्माले आगामी दिनमा सार्वजनिक सेवा प्रसारण नेपाललाई समावेशी  अवधारणा पुरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पिएसबीले लिएका नीति अनुरुप कार्यक्रम उत्पादन र प्रसारण गर्ने कार्यलाई थप उपलब्धिमूलक बनाउने विषयमा तालिम फलदायी भएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तालिममा सिकेका ज्ञान र सीपबाट पिएसबीलाई परिवर्तित संरचनामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव तथा तत्कालीन रेडियो प्रसार सेवा विकास समितिका सदस्य पार्वती शर्मालाई संस्थाप्रति पुर्‍याउनुभएको योगदानका लागि  सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button