बाजुरामा बसको ठक्करबाट बालक मृत्यु घटना : साँफे–मार्तडी सडकखण्ड बन्द
बाजुरा । बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे–मार्तडी सडकखण्ड बन्द भएको छ । आइतबार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका ८ वर्षीया नयन पाध्यायको मृत्यु भएको थियो भने उनकी आमा ४० बर्षिया गर्भवती बिस्ना पाध्याय गम्भीर घाइते हुनुभएको थियो ।
मृतक बालकका आफन्त स्थानीयले घटनाको छानबिन गरि दोषी माथी कारबाहीको माग सहित सडक बन्द गरेका हुन् । बाजुराको मुख्य राजमार्गका रुपमा रहेको सांफे मार्तडी सडक खण्ड बन्द भएपछि बाजुरा, हुम्ला, मुगु लगायतका जिल्लाबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायतका स्थानमा जाने र जिल्लामै आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् ।
धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिँदा छोरा आमा गम्भीर घाइते भएका थिए । बालकको उपचारका क्रममा मृत्यु भएको थियो भने घाइते गर्भवती महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत उद्धार गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्