तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल उपप्रधान तथा अर्थमन्त्री पौडेललाई लाई भेट्न कीर्तिपुर बर्न अस्पतालमा

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

राष्ट्रपति पौडेल आज बिहान अस्पताल पुगेर  मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । 

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । 

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा हिजो भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई कीर्तिपुर बर्न अस्पतालको आइसियुमा  हिजो नै भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button