उदयपुरमा तीन लाख नगदसहित एक दर्जन जुवाडे पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन लाख नगद सहित एक दर्जन जुवाडे पक्राउ गरेको छ। उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ हवाईफिल्डमा जुवा (कौडा) र तासा खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका हुन्।
प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार, विशेष सुचनाका आधारमा स्थानीय रामप्रसाद राईको घरमा जुवा खेलिरहेको अवस्थामा तीन लाख एकसय ८० रुपैयाँ नगद, २२ वटा कौडा र तीन पुस्तक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–१३ का रामप्रसाद राई, वडा ८ का मदन राउत, वडा ७ का रीतबहादुर राउत, जालबहादुर मगर, कुमार कार्की, राजिन्द्र राई, चिरञ्जिवी राई, तिलकबहादुर बुढाथोकी, रौतामाई गाउपालिका–३ का राजकुमार कटुवाल, वालकृष्ण राई, निरज कटुवाल र सप्तरीको सम्भुनाथ नगरपालिका ३ का राकेश चौधरी रहेका छन्।
पक्राउ परेकाहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया राख्नुहोस्