तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री विरुद्धको रिटको पेसी आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनको पेसी आज तोकिएको छ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेको र अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नुभएकाे हाे। गिरीबन्धुको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी अधिवक्ता अर्यालको छ।

२४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो। यससम्बन्धी तीनवटा आदेश जारी गरिएको थियो जसमा:

  1. हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनिएको थियो।
  2. खाली राखिएको जग्गा पहिचान गर्नु भनिएको थियो।
  3. प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भइरहेको जग्गा सरकारको नाममा ल्याउनु भनिएको थियो।

फैसलाको पूर्णपाठ ५ असार, २०८१ मा महान्यायाधीवक्ता कार्यालयमा पुगेको थियो भने चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो।

त्यतिबेला पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्याे भने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय बलराम अधिकारीले सम्हाल्नुभएकाे थियाे। ३१ असारपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button