तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवको निर्देशनपछि नयाँ खानेपानी पाइपलाइन विस्तारको काम सुरु

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको वीरगञ्ज महानगरपालिका स्थित जनता सडक अन्तर्गतदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी, जगरनाथपुर सडक (५ किमी) सम्मको नयाँ खानेपानी पाइपलाइन विस्तारको काम सुरु गरिएको छ ।

नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाले रु २ करोड  ५० लाखको लगानीमा आजबाट उक्त परियोजनाको काम सुरु गरेको खानेपानीमन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

पर्सा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानी सहितको नलको व्यवस्था गर्ने उद्देश्यका साथ उक्त परियोजना सुरु गरिएको बताइएको छ । उक्त परियोजना सम्पन्न भएपश्चात् त्यहाँका नागरिकले घरैमा शुद्ध खानेपानी प्रयोग गर्न पाउने अपेक्षा लिइएको छ ।

गत पुस १९ गते मन्त्री यादवले एक कार्यक्रमकाबीच उक्त परियोजनाको शिलान्यास गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button