तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विकाशील राष्ट्रमा स्तरउन्नतीको तयारी गर्न सरकारलाई समितिको सुझाव 

काठमाडौँ I नेपालले अतिकम विकसित राष्ट्रबाट विकाशील राष्ट्रमा स्तरोन्नति हुन आधारभूत तहमा तीव्र तयारी गर्नुपर्नेमा राष्ट्रियसभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले ठहर गरेको छ । 

विकास आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपसमिति संयोजक डा.अन्जान शाक्यले नेपाल एल.डि.सी.मा स्तरोन्नति भएपछि वैदेशिक अनुदानहरूमा कटौती हुने हुँदा स्वदेशमा निर्भरता हुने गरी सरकारले  कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरूले नेपालले प्राप्त भइरहेको वैदेशिक अनुदानलाई सही सदुपयोग गर्न नसकेको अवस्थामा विकशील राष्ट्रमा स्तरोन्नति हुँदा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था आउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

समितिकी सभापति कमला पन्तले सरकारलाई नेपाललाई एल.डि.सी.मा स्तारोन्नतीका लागि तयारी गर्न सहयोग पुगोस् भनेर अध्ययन गरिएको प्रतिवेदनमा उल्लेखित सुझाव लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । 

उपसमिति संयोजक डा.अन्जान शाक्यले आजै समिति सभापति पन्तलाई उपसमितिको अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button