तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका मदरसाहरूमा दिक्षान्त समारोह: ३३ विद्यार्थी दिक्षित, हाफिज र मौल्वी उपाधि प्रदान

बाँके।  बाँकेको नेपालगञ्ज-३ स्थित दारुल उलुम फैजुन्नबी मदरसामा र नेपालगञ्ज-५ स्थित फैजाने मदिना मदरसामा शब-ए-बारातको अवसरमा दिक्षान्त समारोह आयोजित गरिएको छ। दारुल उलुम फैजुन्नबी मदरसामा २ जना विद्यार्थी र फैजाने मदिना मदरसामा ३१ जना विद्यार्थीलाई दस्तारबन्दी (दिक्षित) गरिएको हो।

यस समारोहमा २ जना विद्यार्थीलाई हाफिज र २९ जना विद्यार्थीलाई मौल्वीको प्रमाणपत्र वितरण गरिएको थियो। दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिका अध्यक्ष रहमान मियाँले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र प्रोत्साहन थप्ने बताउनुभयो।

फैजाने मदिनाका मुफ्ती एवं प्राध्यापक फजलहकले मदरसाको मूलधारमा इमानदारीका साथ व्यवस्थापन गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो। उहाँले मदरसा भनेको मुस्लिम समुदायको धार्मिक मूल्य र शिक्षा प्रदान गर्ने संस्था भएको बताउनुभयो।

शब-ए-बारात हिज्री भित्ते पात्रोको ८औं महिना शाबानको १५औं रात मनाइने पर्व हो, जसमा मुस्लिम समुदाय धार्मिक क्रियाकलापमा संलग्न हुन्छ र पुन्य कार्यहरू जस्तै कुरान पाठ, नमाज, र दान दिइन्छ। १५ दिनपछि रमजान महिना सुरु हुन्छ, जहाँ मुस्लिम समुदाय दिनभरि उपवास बस्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button