गुल्मीमा जलेर एक जनाको मृत्यु
गुल्मी । आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
मङ्गलवार राति ११ बजेतिर आगो तापेर बसिरहेको बेला जलेर मृत्यु भएको उहाँका भाइ टेकराजले प्रहरीलाई जानकारी गराउनुभएको थियो । गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्