तपाईँ सुन्दै हुनुहुन्छः

सरकार सदनप्रति अनुत्तरदायी भएको र संसद्को अपहेलना गरेको प्रतिपक्षीको आरोप

माघ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार सदनप्रति अनुत्तरदायी भएको र संसद्को अपहेलना गरिरहेको भन्दै विरोध गरेको छ । 

बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको आरोप लगाउनुभयो ।

विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर भ्रष्टाचार विधेयक पारित गर्ने गरी कार्यतालिका बनाइएको तर सरकारले समय छैन भनेर सूची हटायो भनेर जानकारी आएको भन्दै जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने हो भनी प्रश्न गर्नुभयो । 

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे बोलेपश्चात् नियमापत्ति गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यसूचीमा के रहने नरहने भन्ने विषयमा सरकारले थप्न र हटाउन सक्ने बताउनुभयो ।

उहाँले तलबाट सांसदलाई के लाग्यो भनेर बैठक नचल्ने भन्दै सदन सभामुखले चलाउने पनि बताउनुभयो । त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सबै नियम र समय अनुसार बोल्नु पर्ने तर दुई तिहाइको धाक देखाउँदै सरकार पक्षले जतिखेर मन लाग्यो त्यतिखेर पेलान गर्न पाइन्छ भनी प्रश्न गर्नुभयो ।

उहाँले कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएको विषयमा संसद् कसरी चलाउने भन्ने विषयमा सभामुख आफैले चलाउने होकी सरकारले सिकाउने भन्दै आपत्ति समेत जनाउनुभयो ।

बैठकमा सांसदहरुले समसामयिक राजनीति, विकास निर्माण, सडक पूर्वाधार विकास लगायतका विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button