तपाईँ सुन्दै हुनुहुन्छः

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह समितिले पायो पूर्णता

बाँके। बाँकेको नेपालगञ्जस्थित दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालन समितिले पूर्णता पाएको छ। मस्जिदका पूर्व अध्यक्ष फिदा हुसेन अन्सारीको राजीनामा पछि लामो समयदेखि नेतृत्वविहीन रहेको समितिमा मुस्लिम समुदायले निरन्तर आन्दोलन गर्दै आएका थिए।

समिति गठनको प्रक्रिया ८ महिना लामो भएको थियो, जहाँ तदर्थ समितिका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष अयुब सिद्धिकि नेतृत्वमा चुनाव प्रक्रिया नहुँदा मुस्लिम समुदायमा असन्तोष फैलिएको थियो।

समुदायको दबाबपछि, जिल्ला प्रशासन कार्यालय बाँकेले एक सर्वपक्षीय बैठकबाट संस्था ऐन २०३४ को अधिनमा रहमान मियाँको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो। बैठकमा असन्तुष्ट पक्ष र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो।

नयाँ समितिमा अध्यक्षको रूपमा रहमान मियाँ, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिव ऐनुद्दीन अन्सारी, सहसचिव अब्दुल अजीज काजी अन्सारी, र कोषाध्यक्षको रूपमा मोहम्मद हुसेन हलवाई चयन भएका छन्। सदस्यहरूको सूचीमा आलम खान, मोहम्मद सरिफ बागवान, अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासीन, निजाम अली इद्रिसी, कारी सगीर खाँ, रहिस हल्वाई, सुफियान सल्मानी, सहबुद्दीन हल्वाई, इसहाक सिद्धिकि, सगीर खाँ र सलाहुद्दीन हल्वाई छन्।

समितिले मस्जिदको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहने र भेटघाटीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले मस्जिदमा भएका अनियमितताका विषयमा छानबिन गरी आवश्यक कारवाही गर्ने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button