तपाईँ सुन्दै हुनुहुन्छः

‘केबलकार विवादको समाधान वार्ता र सहमतिबाटै खोज्नुपर्छ’

विराटनगर । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङमा केबलकार निर्माणको विषयमा देखिएको विवादको समाधान वार्ता र सहमतिबाट खोज्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको ‘मानवअधिकारको अवस्था’ विषयक अन्तरक्रियामा उहाँले स्थानीय बासिन्दासँग सहमति गरेर दुवै पक्षलाई सम्मान हुने गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

सो घटनाको विषयमा आयोगले सो क्षेत्रको यस अनुगमन गर्दै विज्ञप्ति समेत जारी गरेको उहाँले जानकारी गराउनुभयो ।

अध्यक्ष मगरले संविधानले दिएको म्यान्डेट अनुसार मानवअधिकारको संरक्षण, प्रवद्र्धन, सम्वद्र्धन गर्न आयोग प्रतिबद्ध रहेको बताउँदै मानव अधिकारको उल्लङ्घनका घटनाबारे आयोगले गरेको कारवाहीको सिफारिसलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख वीरबहादुर बुढामगरले मानव अधिकार उलङ्घनका घटनाप्रति आयोग गम्भीर रहेको र त्यस्ता घटनाको अनुसन्धान गरी कारबाहीका लागि आयोगले प्रभावकारी ढङ्गले कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र( इन्सेक)का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मीहरू मोहन मानन्धर, किशोर बुढाथोकी, प्रेम देवान लगायतले आयोगले एकल महिलाका बालबालिकाको नागरिकता समस्या समाधान गर्न र मानवअधिकार उलङ्घनका घटनामा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button