तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले संविधान अन्तर्गत सरकारले अध्यादेश जारी गरेको भन्दै नकारात्मक टिप्पणी गर्नुभन्दा अध्ययन गरी त्रुटि भएका ठाउँमा सुधार तथा संशोधन गर्नेतर्फ सबैले ध्यान  पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै ग्यास उद्योगीहरू आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसदहरुले उपभोक्ताका अधिकार सुनिश्चित गर्न, ग्यास दुर्घटना रोक्न तथा सुरक्षा सम्बन्धी विषयमा नियमन गर्न आवश्यक रहेको, जीर्ण बनेका सडकखण्ड पुनर्निर्माण हुन नसक्दा दुर्घटना बढिरहेकोले चाडै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विद्यायन व्यवस्थापन विधेयक २०८० मा प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने र सञ्चार तथा सूचनाप्रविधी मन्त्री पृथ्वीसुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button