अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
अन्तरजातीय विवाह गर्ने नागरिकलाई दुःख दिने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले अन्तरजातीय विवाह गर्ने नागरिकलाई राज्यबाट दुःख दिने कार्य भएकोले यस्ता कार्यमा संलग्न दोषीलाई छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
सांसदहरुले सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारले कानुनत विवाह गर्दा राज्य पक्षबाट शास्ती दिईएकोे भन्दै सम्बन्धित प्रहरी अधिकृतलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।
यस्तै सांसदहरुले सरकारको उच्च पदस्थ पदाधिकारीहरूले आत्मवृत्तान्त पुस्तक लेख्दा र सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक रुपमा गोप्य सूचनाहरू खुलाउने कार्य भएको भन्दै यस्ता कार्यहरूको नियन्त्रण गर्नुपर्ने, पाथीभरा क्षेत्रमा केवल कार निर्माणमा उत्पन्न विवादमा स्थानीयहरुसगको समन्वय र समझदारीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरु जितेन्द्रिय बस्नेत, मायाप्रसाद शर्मा, जयन्तीदेवी राई,पदमबहादुर रौनियार,मनरुपा शर्मा, रेणु चन्द, विष्णुकुमारी सापकोटाले भूकम्प र बाढिपहिरो पीडितलाई अझै व्यवस्थापन नभएको, महँगी नियन्त्रण, महिला हिंसा नियन्त्रण र वैदेशिक रोजगारमा युवा पलायनलाई रोक्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्