प्रेस चौतारी चितवनको अध्यक्षमा पुनः सुवास पण्डित चयन
चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन्। शनिवार सम्पन्न प्रेस चौतारीको आठौँ जिल्ला अधिवेशनबाट पण्डित सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। यो पण्डितको लगातार दोस्रो कार्यकाल हुनेछ।
प्रेस चौतारी चितवनको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल, सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा सुनिल पौडेल, पुजा ढकाल, सगुन चपाई, निराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई चयन हुनुभएकाे छ।
प्रेस चौतारीको केन्द्रीय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल चयन हुनुभएकाे छ भने प्रदेश प्रतिनिधिमा रामेश्वर रिजाल, कृष्ण आचार्य, अमिर रामदाम र शान्ता अधिकारी चयन हुनुभएकाे छ।
प्रेस चौतारी चितवनको नयाँ नेतृत्वले आगामी दिनहरूमा पत्रकारिताको क्षेत्रमा अझ प्रभावकारी योगदान दिने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्