बडिमालिका दर्शन पछि महामन्त्री थापा- नेपाल साँच्चै नै अद्भुत छ
बाजुरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल साँच्चै अद्भुत र सुन्दर रहेको बताउनुभएको छ। शुदुरपश्चिम प्रदेशका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको भ्रमण गरेपछि महामन्त्री थापाले यो प्रतिक्रिया व्यक्त गर्नुभएको हो।
पत्नि अन्जना केसीसहित पारिवारिक भ्रमणमा बडीमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारा, उदयदेव मन्दिर र खप्तड त्रिवेणी लगायत सुदूरपश्चिमका धार्मिक स्थलहरूको भ्रमण गर्ने क्रममा पूर्व मन्त्री थापाले नेपालको प्राकृतिक र सांस्कृतिक धरोहरलाई देखेर यसको अनौठो सुन्दरताको महत्त्व औंल्याउनुभयो।
पछिल्लो समय बडिमालिका र खप्तडमा हेलिकप्टर सेवा सञ्चालनमा आएको छ, जसले यस क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूको संख्या वृद्धि गरिरहेको छ। केही दिन अघि नेपाली कांग्रेसका सह-महामन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पनि यी क्षेत्रको भ्रमण गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्