नरैनापुरको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैटौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय मटेहियाले जितेको छ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG-20250208-WA0045-1024x768.jpg)
यस गाउँपालिकाको वडा ४, नेराआवि खोदाँवाको व्यवस्थापनमा भएको प्रतियोगितामा १६ स्वर्ण, ५ रजत र २ कास्य गरी कुल २३ पदक हात पार्दै महेन्द्र माध्यमिक विद्यालय मटेहियाले उपाधि जितेको हो ।
तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दोस्रो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भएको छ । ९ स्वर्ण, ९ रजत र ७ कास्यसहित कुल २५ पदक प्राप्त गरी उपविजेता बनेको छ । २ स्वर्ण, १४ रजत र १० कांस्यसहित कुल २६ पदक प्राप्त गरी आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुर तेस्रो भएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण चौधरीले खेलमा उत्कृष्ट बन्नुभएका छात्रछात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, वडा नं ३ का वडा अध्यक्ष अजय मिश्र, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी लगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएको शिक्षा शाखाका प्राविधिक कमल केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्