तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान गतिशील दस्ताबेज भएकाले आवश्यकता अनुसार परिवर्तन हुन्छ’

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले संविधान गतिशील दस्ताबेज भएकाले समायानुकुल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन बाँकेको नवौं जिल्ला अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्नुहुँदै सहमहामन्त्री राठौरले मूलभूत सिद्धान्त र मान्यताहरूलाई जोगाउँदै संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो ।

संविधानले थुप्रै अधिकारहरूको सुनिश्चितता गरेको भन्दै उहाँले समावेशी र समानुपातिक प्रतिनिधित्वको हिसाबले संविधान उत्कृष्ट भएको बताउनुभयो । यो संविधानको रक्षा गर्ने दायित्व पनि कांग्रेसको काँधमा रहेको उहाँको भनाई छ ।

सहमहामन्त्री राठौरले कर्मचारीहरूलाई जनताको सेवक बनेर इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । उहाँले देश, जनता र लोकतन्त्रका पक्षमा निष्ठा र इमानदारिताका साथ काम गर्न आग्रह समेत गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धब श्रेष्ठको अध्यक्षता उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button