सञ्चारिका समूह उदयपुरको अध्यक्षमा गङ्गा राई
उदयपुर । “समानताका लागि सञ्चार कर्म“ भन्ने मुला नारासहित २०५२ सालमा स्थापित पुरानो र अग्रणी पत्रकार महिला आबद्ध संस्था “ सञ्चारिका समूह“को पहिलो पटक उदयपुरमा जिल्ला कमिटी गठन गरिएको छ ।

जिल्लामा पहिलो पटक गठित सञ्चारिका समूहको उदयपुरमा अध्यक्षमा गंगा राई चयन हुनुभएको छ । समूहको उपाध्यक्षमा उर्मिला दनुवार, सचिव जयन्ती कला तामाङ्ग, सहसचिव कविता राई, र कोषाध्यक्षमा हिरा राई सर्वसम्मत चयन हुनुभएको हो ।
समूहको सदस्यहरूमा अनन्ता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुराना राई, आस्था ज्यू ठकुरी, देवीका श्रेष्ठ र तारा मगर चयन हुनु भएको छ । समूहको सल्लाहाकारहरुमा वन्दना दनुवार, रेवती पराजुली (रेणु) र सुमित्रा कोइराला रहनुभएको छ ।
शनिबार त्रियुगा नगरपालिकाको सभाहलमा सामुदायिक रेडियो प्रसारक संघ केन्द्रीय महासचिव बन्दना दनुवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार सेनानी कौशल चेम्जोङ, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिबिलास पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्