तपाईँ सुन्दै हुनुहुन्छः

६०४ किलो गाँजासहित ट्रक चालक पक्राउ

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–६ मजरा स्थित बर्दिबास–जलेश्वर सडक खण्डमा ६०४ किलोग्राम गाँजासहित शुक्रबार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शङ्का लागि चेक जाँच गर्दा ट्रकको हुडमा डोरीले बाँधेर कालो प्लास्टिकले बेरेर लुकाइएका रातो प्लास्टिकका ४० वटा पोका भेटिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक उदयपुर कटारी नगरपालिका–१ निवासी २३ वर्षीय गणेश बहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल प्रसाद जयसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button