१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सञ्चालन गर्न निर्देशन
काठमाडौँ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सञ्चालन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सञ्चालन गर्ने गरी काम अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति अम्मर बहादुर थापाले तोकिएको समयमा खेलकुद सञ्चालन गर्नको लागि फास्ट ट्र्याकबाट काम सुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिए पनि को थियो ।
तर, तोकिएको मितिमा खेलकुद नहुने निश्चित भएपछि आगामी चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने गरी मिति सारिएको थियो ।
बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राखेप र मन्त्रालयबीच समन्वयन हुन नसकेका कारण आगामी चैतमा पनि १० औँ खेलकुद प्रतियोगिता गर्न नसकिने सङ्केत गर्नुभयो ।
बैठकमा सांसदहरुले मुलुकलाई विश्वमा चिनाउन सफल खेलकुद क्षेत्रमा विवाद र समस्या आउन दिन नहुने भन्दै सरकारले तत्काल राखेपसँग समन्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्