स्केटिङ खेललाई विद्यालय स्तरसम्म पुर्याउन सम्झौता

काठमाडौँ । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौता पत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासङ्घका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालय स्तरसम्म पुर्याउन मद्दत पुग्ने बताउनुभयो । यसबाट हरेक खेललाई विद्यालय स्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँहरूको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्