रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
![](https://radionepalonline.com/wp-content/uploads/2024/12/rabi-adalat-1024x478.jpg)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी रकम लिएर रिहा गर्न अदालतले आदेश दिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो।
अहिले धरौटी बापतको रकम जुटाउने तयारी भइरहेको र सो रकम बराबरको बैङ्क ग्यारेण्टी बुझाउने तयारी भएको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्