जसपा नेपालको संसदीय दलको बैठक बस्दै
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशबारे निर्णय गर्न आज संसदीय दलको बैठक बस्ने भएको छ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बिहान ९ बजे अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाउने छ। त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले पक्ष वा विपक्षमा निर्णय गर्नेछ।
उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ।







प्रतिक्रिया राख्नुहोस्