पाठेघरको मुखमा लाग्ने क्यान्सर रोगविरुद्धको खोप लिनेहरू उत्साहित
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको निःशुल्क एचपिभि खोप अभियान कार्यक्रममा खोप लिने किशोरीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
माघ २२ गते सरस्वती पूजाको विसर्जन भएका कारणले विद्यालयहरूमा अभियान नचलेपनि आज माघ २३ गते देखि मधेश प्रदेशका सबै विद्यालयका खोप केन्द्रहरूमा खोप लिने किशोरीहरूको उत्साहजनक सहभागिता रहेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति लक्ष्मेश्वर झाले जानकारी दिनु भएको हो ।
मधेश प्रदेशका ३ हजार ६ सय ७१ संस्थागत तथा सामुदायिक विद्यालयहरूमा रहेको खोप केन्द्रमा एक आज देखि फागुन ६ गतेसम्म क्यान्सर रोग विरुद्धको निःशुल्क खोप अभियान जारी रहने मधेश प्रदेशका स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले जानकारी दिनु भएको छ । सबै खोप केन्द्रमा ३ हजार ६ सय ७१ जना खोप दिने स्वास्थ्यकर्मी तथा ७ हजार ३ सय ४२ स्वयंसेवक र १ हजार २ सय ७४ जना सुपरभाइजर परिचालन गरेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
मधेश प्रदेशका विद्यालय भित्र तथा बाहिर गरेर ३ लाख ६९ हजार १ सय २४ किशोरीहरूलाई खोप दिने कार्यक्रम रहेको छ । जून नेपालको कूल लक्षित वर्ग मध्ये एक चौथाई रहेको छ । हरेक वर्ष नेपालमा महिलाको २ हजार १ सय ६९ जना महिला पाठेघरको मुखमा क्यान्सर रोग लाग्ने गरेकोमा त्यस मध्ये १ हजार ३ सय १३ जना महिलाको मृत्यु हुने गरेको छ ।
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया विद्यालयमा १० वर्ष देखि १४ वर्ष उमेर र कक्षा ६ लेखि १० सम्मका किशोरीहरूलाई खोप दिन थालिएको छ । सो विद्यालयमा सो उमेरका ४ सय विद्यार्थीहरू खोप लिनका लागि निक्कै उत्साहित रहेको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. वर्षाले जानकारी दिनु भएको हो ।
खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी रहेकाले खोप लिएकाहरू पाठे घरको मुखमा लाग्ने क्यान्सर रोगबाट सुरक्षित हुने भएकाले खोप लगाएको खोप लगाउँदै कुनै असजिलोपना नभएको कक्षा ८ मा बढ्ने सोनी कुमारीले जानकारी दिनु भयो ।
मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले महिलाहरूको पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग नियन्त्रणका गर्नका लागि सबै किशोरीहरूलाई खोप लिनका लागि आह्वान गर्नुभयो ।
लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झा, राष्ट्रिय खोप समन्वय समितिका सदस्य डा. गरिब दास तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेश कुमार मिश्र सहितका वक्ताहरूले एचपिभि खोप निक्कै महँगो भएकाले कोही किशोरी खोप लिनबाट वञ्चित हुन नहुने बताउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्