तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले नेदरल्याण्ड्सलाई दियो १४६ रनको  लक्ष्य

काठमाडौँ  । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा  टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४५ रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्ध शतक बनाउनुभयो। ५१ बलको सामना गर्नुभएकी महतोले पाँच चौकाको मद्दतमा ६२ रन बनाउनुभएको हो। 

कप्तान इन्दु बर्माले ३७ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ३९ रन बनाउनुभयो भने रुबिना क्षत्रीले भने १७ बलमा २० रन बनाउनुभयो।

बलिङतर्फ नेदरल्याण्ड्सका लागि आइरिस जुइलिङले दुई विकेट हात पार्नुभयो भने क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट हात पर्नुभयो। अहिले केहीबेरमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button