आज दिल्लीमा विधानसभा चुनाव, डेढ करोडभन्दा बढीले मतदान गर्ने
दिल्ली । भारतको दिल्लीमा आज ७० विधानसभा सिटका लागि चुनाव भइरहेको छ। मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म हुनेछ। यस चुनावमा करीब १.५६ करोड मतदाताले मतदान गर्नेछन्।
चुनाव परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने जनाइएको छ। ६९९ उम्मेदवारहरू चुनावमा प्रतिस्पर्धामा छन्। मतदानलाई ध्यानमा राख्दै दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।
आम आदमी पार्टीले २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत प्राप्त गरेको थियो। २०१५ मा ७० सिटमध्ये ६७ सिट जितेको र २०२० मा ६२ सिट जितेको थियो।
प्रतिक्रिया राख्नुहोस्