पाल्पामा एक पुरूष मृत फेला
पाल्पा । पाल्पाको बगनासकाली–२, पोखराथोकमा एक पुरूष मृत फेला परेका छन्। जिल्लाको रामपुर–३, चनौलीका अन्दाजी ५६ वर्षका रेमबहादुर सूर्यबंशी पोखराथोकमा बस्दै आउनुभएको थियो। उहाँको शव बगनासकाली पोखराथोकस्थित गोरेटोभन्दा २० मिटर तलको खरबारीमा मृत अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार, मृतक सूर्यबंशीको शव हिजो बेलुकी साढे ४ बजेतिर फेला परेको थियो। मृतकको शव पोष्टमार्टमका लागि पाल्पा अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्