तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी उदयपुरको अध्यक्षमा अन्जनी अधिकारी चयन

उदयपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा उदयपुरको अध्यक्षमा अन्जनिकुमार अधिकारी सर्वसहमत चयन हुनुभएको छ।

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवशको अवसरमा आयोजित आठौं जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो।

अधिकारी यस अघि प्रेस चौतारी उदयपुरका सचिव हुनुहुन्थ्यो। नवनिर्वाचित अध्यक्ष अधिकारीका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्षमा द्वोय राजु मगर र रन्जु दनुवार चयन हुनुभएको छ । यसैगरी सचिवमा सन्तोष रौनियार, सहसचिवमा द्वोय सिंह राई र जयराम पुर्वाछाने मगर, र कोषाध्यक्षमा हिरा राई सर्वसहमत चयन हुनुभएको छ।

सदस्यहरुमा सुजता सुवेदी, लोकमान तामाङ, कुमोद बस्नेत, अरुन कोयु राई चयन हुनुभएको छ। जिल्ला कार्यसमिति सदस्य दुईजना पछि थप्ने कुरा अध्यक्ष अधिकारीले बताउनुभयो।

जिल्ला अधिवेशनले चौतारीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू पनि चयन गरेको छ। केन्द्रीय प्रतिनिधिमा बन्दना दनुवार, कुशलबाबु बस्नेत, भरतबहादुर खड्का र गणेश उप्रेती चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिहरूमा पुरुषोत्तम सापकोटा, करुणा कार्की, इश्वर तामाङ, ढकबहादुर राउत र दुर्गा एसके चयन हुनुभएको, नव निर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button