बाजुरामा तत्काल ब्लड बैङ्क स्थापना गर्न सर्वपक्षीय सहमति
बाजुरा । बाजुरामा तत्काल ब्लड बैङ्क स्थापना गर्ने गरि सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको सरोकारवाला निकायको छलफलमा यस्तो निर्णय गरिएको हाे।
ब्लड बैङ्क स्थापना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबिच २०८१ पुस २१ गते सम्झौता भएको थियो ।
सोमबार जिल्लाका सरोकारवाला निकायसँग गरिएको छलफलमा छिट्टै ब्लड बैङ्क स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायाले बताउनुभयो ।
बैठकले ब्लड बैङ्क स्थापनाका लागि आवश्यकपर्ने रेफ्रिजेरेटर (फ्रिज) मर्मत गरी चालु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।
ब्लड बैङ्क स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यकपर्ने सामाग्री र कर्मचारीहरू जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय बाजुरा र नेपाल रेडक्रस सोसाईटी बाजुराले एक आपसमा समन्वय गरी व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ ।
बैठकमा जिल्ला स्थित क्रियाशील राजनैतिक दलहरूका प्रतिनिधि,स्वास्थ्य क्षेत्रका,प्रमुख,सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला सबै पक्षको उपस्थिति रहेको थियो।
बाजुरामा ब्लड बैङ्क नहुँदा रगत अभाव हुने सुत्केरी महिला र अरू बिरामीका लागि निकै समस्या हुने गरेको छ।
प्रतिक्रिया राख्नुहोस्