तपाईँ सुन्दै हुनुहुन्छः

चर्च ब्वाइज युनाइटेडद्वारा एफसी खुमलटार पराजित

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा सोमबार एफसी खुमलटारविरुद्ध ४–० को सहज जित निकालेको छ ।

जितसँगै १० खेलमा २५ अङ्क जोडेको चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको छ । पराजित खुमलटार समान खेलबाट तीन अङ्कका साथ १०औँ स्थानमा छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन हिमबहादुर रमौली, सनिल मगर, सुशन थापामगर र अनिश दंगालले गोल गरे ।

अर्को खेलमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २–० गोलको जित निकालेको छ ।

जितसँगै १० खेलमा १७ अङ्क जोडेको सङ्कटा चौथो स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट १२ अङ्कका साथ सातौं स्थानमा छ । सङ्कटालाई जित दिलाउन सन्देश पौडेल र क्रिष्ट भण्डारीले गोल गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button